एलपिएलको उपाधिका लागि आयोजक लिटिल फ्लावर र लिटिल बुद्ध एकेडेमी मंगलवार भिडने

एलपिएलको उपाधिका लागि आयोजक लिटिल फ्लावर र लिटिल बुद्ध एकेडेमी मंगलवार भिडने

धनगढी : आयोजक लिटिल फ्लावर स्कुल धनगढी र लिटिल बुद्ध एकेडेमी कंचनपुर कैलालीको धनगढीमा जारी तेस्रो कलेज लिटिल फ्लावर टि–२० प्रिमियर लिग (एलपिएल)३ को फाईनल प्रवेश गरेका छन ।

आज भएको पहिलो सेमिफाईनल खेलमा आयोजक लिटिल फ्लावरले डिफेन्डिङ च्याम्पियन सिद्धार्थ शिशु सदनलाई ५ विकेटले पराजित गर्दै लिटिल फ्लावर धनगढी फाईनल प्रवेश गरेको हो ।

सुरज तिरुवाको अलराउण्ड प्रदर्शन र शेर मल्लले कसिलो बलिङको मद्धतले  सिद्धार्थ माथी लिटिल फ्लावरले जित हासिल गर्दै फाईनलमा आफनो स्थान सुरक्षित बनाएको हो ।

सिद्धार्थले जितको लागी दिएको १०३ रनको समान्य लक्ष्य लिटिल फ्लावर स्कुल धनगढीले १७ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै जित निकालेको थियो ।

लिटिल फ्लावरको जितमा ब्याटिङतर्फ सुरज तिरुवाले अविजित ५१, शैलेश अवस्थीले २० रनको महत्त्वपूर्ण योगदान दिनुभएको थियो । सुरुवाती ३६ रनमा ५ विकेट गुमाएको लिटिल फ्लावरको लागी छैटौं विकेटको रूपमा सुरज र शैलेसले ६७ रनको महत्त्वपूर्ण साझेदारी गर्नुभयो ।

बलिङतर्फ सिद्धार्थका कप्तान शैलेश जिसिले ३ तथा गजेन्द्र बोहरा र सबिन महराले समान १–१ विकेट लिनुभएको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको डिफेन्डिङ च्याम्पियन सिद्धार्थ शिशु सिद्धार्थले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाउँदै १०२ रनको स्कोर खडा गरेको थियो। प्रतिस्पर्धात्मक खेलमा बलिङतर्फ २ र ब्याटिङतर्फ ५१ रन बनाएका लिटिल फ्लावरका सुरज तिरुवा खेलको म्यान अफ द म्याच घोषणा हुनुभयो ।

यस्तै, आजै भएको दोस्रो सेमफाईलन खेलमा लिटिल बुद्ध एकेडेमी कंचनपुरले हिमालयन ह्वाईट हाउस काठमाण्डौलाई १३ रनले पराजित गर्दै फाईलन यात्रा तय गरेको हो । निक्कै प्रतिस्पर्धात्मक खेलमा १३ रनको रोमाञ्चक जित निकाल्दै लिटिल बुद्ध एकेडेमी कंचनपुर प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

लिटिल बुद्ध एकेडेमी कंचनपुरले जितको लागी दिएको १५१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको हिमालयन ह्वाईट हाउसले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन मात्र बनाउन सकेको थियो।

यस अघि ट्स जितेर पहिला ब्याटिङ गरेको लिटिल बुद्ध एकेडेमी महेन्द्रनगरले १९ दशमवल १ ओभरमा सबै विकेट गुमाउँदै १५० रनको योगफल तयार पारेको थियो ।

प्रतियोगितामा सोमबार दोस्रो सेमिफाइनल खेलमा लिटिल बुद्धका नारायण जोशी म्यान अफ द म्याच घोषणा हुनुभयो । प्रतियोगिता अन्तर्गत फाईनल खेल भोली मंगलबार लिटिल फ्लावर स्कुल धनगढी र लिटिल बुद्ध एकेडेमी कंचनपुर बिच हुनेछ ।