एलपिएल : हिमालयन ह्वाइटहाउस र लिटिल बुद्ध पनि अन्तिम चारमा

एलपिएल : हिमालयन ह्वाइटहाउस र लिटिल बुद्ध पनि अन्तिम चारमा

धनगढी : धनगढीमा जारी तेस्रो निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगमा काठमाडौँको हिमालयन ह्वाइट हाउस स्कुल र कञ्चनपुरको लिटिल बुद्ध सेमीफाईनलमा प्रवेश गरेका छन ।

आजको खेलमा जित निकाल्दै दुवै टिमले अन्तिम ४ मा स्थान सुरक्षित बनाएका हुन । आज भएको पहिलो खेलमा लिटिल बुद्ध एकेडेमीले मोक्षदा स्कुल काठमाडौँमाथि २ रनको जित निकाल्यो ।

टस हारेर व्याटिङको निम्तो पाएको लिटिल बुद्ध एकेडेमी महेन्द्रनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७ रन बनाएको थियो ।

१ सय ७९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको मोक्षदा स्कुल काठमाडौले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ रन बनाउन सक्यो । लिटिल बुद्धका हेमन्त कार्की म्यान अफ द म्याच हुनुभयो ।

यस्तै आज सम्पन्न लिग चरण को अन्तिम खेलमा हिमालयन ह्वाईट हाउस स्कुल काठमाडौले कैलाली मोडल स्कुल माथि ११० रनको फराकिलो जित निकालेको छ ।

उत्कृष्ट ब्याटिङ र बलिङ गर्दै फराकिलो जित निकालेको हिमालयन सेमिफाईनल प्रवेश गरेको छ भने पराजित भएको कैलाली मोडल प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको हिमालयन ह्वाईट हाउसले २० ओभरमा ६ विकेट गुमाउँदै १७९ रन बनायो। हिमालयनले जितको लागी दिएको १० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कैलाली मोडलले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ६९ रन बनाउन सकेको थियो।

हिमालयनका अंकीत सुवेदी म्यान अफ द म्याच हुनुभयो । यसैबिच प्रतियोगिता अन्तर्गत लिग चरणको समीकरण पुरा भएको छ । लिग चरणमा सहभागी समुह बिजेता बन्दै सिद्धार्थ शिशु सदन कैलाली, लिटिल फ्लावर स्कुल धनगढी, लिटिल बुद्ध एकेडेमी कन्चनपुर र हिमालयन ह्वाईट हाउस सेमिफाइनल प्रवेश गरेका छ्न ।

प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलहरु मङ्सिर ३ गते हुनेछ्न भने फाईनल खेल अगामी ४ गते हुनेछ ।