वुढीगंगा नदीमा युवकको शव फेला

वुढीगंगा नदीमा युवकको शव फेला

अछाम : अछामको साँफेबगर नगरपालिका वडा नं३ स्थित टोटासाल नजिक वुढीगंगा नदीमा डुवेको अवस्थामा एक युवकको शव फेला परेको छ ।

बाजुराको त्रिवेणी नगरपालिका २ छतारा सिम्लाको बुढाबाडाका झप बुढा रहेको ईलाका प्रहरी कार्यालय साफेबगरका प्रहरी इन्स्पेक्टर मोहन साउदले जानकारी दिनु भएको छ ।

शनिबार साफेबगर नगरपालिका ३ स्थित बुढीगंगा नदिमा बेवारिसे अवस्थामा लास देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए 

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसेन पठाएको प्रहरी निरिक्षक साउदले जानकारी दिनुभयो । घट्नाको अनुसन्धान भईरहेको पनि प्रहरी निरिक्षक साउदको भनाई रहेको छ ।