एल. पि .एल को सेमिफाइनलमा सिद्धार्थ र लिटिल फ्लावर

एल. पि .एल को सेमिफाइनलमा सिद्धार्थ र लिटिल फ्लावर

धनगढी : धनगढीमा जारी तेस्रो निष्ट लिटिल फ्लावर टि–२० प्रिमियर लिगमा सिद्धार्थ शिशु सदन र लिटिल फ्लावर स्कुल धनगढी सेमिफाइनल प्रवेश गरेका छन ।

आज भएको पहिलो खेलमा सरस्वती मा.बि गेटालाई ३२ रनले पराजित गर्दै सिद्धार्थ सेमीफाईनल प्रवेश गरेको हो ।

संघिय प्रहरी कार्यालयको खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सिद्धार्थ शिशु सदनले निर्धा्रित २० ओभरमा ३ विकेट गुमाउँदै १८७ रनको योगफल तयार पारेको थियो ।

सिद्धार्थ शिशु सदनको लागि ब्याटिङमा खडक बोहराले अविजित १०३ रनको सतकीय पारी खेल्नुभयो । उहाँको यो सतक एल.पि.एल क्रिकेटकै पहिलो सतक हो । १८८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको सरस्वतीले २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन मात्र बनाउन सक्यो ।

सरस्वतीको लागि हिक्मत सेठिले अविजित ६२ रन बनाए पनि त्यो जितका लागी प्रयाप्त हुन सकेन ।

यस्तै दोस्रो खेलमा लिटिल फ्लावर स्कुल धनगढीले क्यास्पियन एकेडेमी माथि १७ रनको जित निकालेको छ। जित सङ्गै लिटिल फ्लावर स्कुल सेमिफाइनल प्रवेश गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको लिटिल फ्लावर स्कुलले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनाएको थियो ।१४५ रनको लक्ष्य पछ्याउने क्रममा मैदान उत्रेको क्यास्पियन एकेडेमले २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन मात्र बनाउन सक्यो ।

क्यास्पियनका लागी दिनेश अधिकारीले ७२ रन बनाएपनि आफनो टीमलाई जिताउन सकेन्न । खेलमा उत्कृष्ट प्रदर्शन गरेका लिटिल फ्लावरका शेर मल्ल खेलको म्यान अफ द म्याच घोषीत हुनुभयो ।