प्रधानमन्त्री कपका लागि ७ नम्बर प्रदेशमा खेलाडी छनौट कार्य सुरु

प्रधानमन्त्री कपका लागि ७ नम्बर प्रदेशमा खेलाडी छनौट कार्य सुरु

दिनेश ठकुल्ला
धनगढी, ९ जेठ । 

जेठ १३ गतेदेखि काठमाण्डौमा सञ्चालन हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि ७ नम्बर प्रदेशमा खेलाडी छनौट कार्य सुरु गरिएको छ । 

छनौट खेलमा प्रदेशका नौ जिल्लाबाट ४८ खेलाडीको सहभागिता रहेको छ । छनौट कार्य फाप्ला क्रिकेट मैदानमा भईरहेको छ । 

४८ मध्ये प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि १४ खेलाडी छनौट गरिने छनौट समितिका सयोजक तथा सुदुरपश्चिम क्षेत्रीय खेलकुद विकाश समितिका सदस्य घनश्याम भट्टले बताए । 

खेलाडी छनौटका लागि भट्टको संयोजकत्वमा ५  सदस्यीय छनौट कमिटी गठन गरीएको छ । 

उक्त कमिटीको विक्रम विष्ट, बाबुराजा श्रेष्ठ, विरेन्द्र शाही र प्रेम मल्ल सदस्य छन । 

उक्त समितिले बुधवार र विहिवार खेलाडी छनौट गरि ११ गते उक्त टोलीको विदाई गर्ने जनाएको छ । 

छनौट प्रतियोगिताको बुधवार राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय सदस्य एकेन्द्र कुवर कुवरले उद्घाटन गरेका थिए ।