लुकिछिपी जुवा खेलिरहेका सात जना नगद सहित पक्राउ

लुकिछिपी जुवा खेलिरहेका सात जना नगद सहित पक्राउ

धनगढी । कैलालीमा प्रहरीले जुवामा खेलिरहेको अवस्थामा सात जना जुवाडेलाई आज पक्राउ गरेको छ । नगद ८ लाख ९३ हजार ५० रुपैया सहित जुवाडेहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान टिम (आरआइटी) र ईलाका प्रहरी कार्यालय सुखडको टोली उनीहरुलाई पक्राउ गरेको हो ।

घोडाघोडी नगरपालिका १ सुखडको करण थापाको घरमा तास खेल्दै गरेका धनगढी उपमाहानगरपालिका ३ विशालनगरका ३८ बर्षीय तुला राम अधिकारी, जानकी गाउँपालिका १ का ३२ बर्षीय कमल चौधरी, लम्की चुहा नगरपालिका ४ का ४० बर्षीय नवल बुढा, टिकापुर नगरपालिका १ का ४० बर्षीय मोहन जोशी, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका ८ का ५० बर्षीय कैलाश धामी, घोडाघोडी नगरपालिका १ का ३३ बर्षीय दिपेश ऐर र सोही वडाका ३२ बर्षीय अक्कल शाहीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

जुवाको खालबाट ४ लाख ७ हजार ६ सय र ४ लाख ५ हजार ४ सय ५० रुपैयाँ व्यक्तीको साथबाट उनीहरूलाई पक्राउ परेका हुन । कैलाश सिंह धामीको साथबाट ४९ हजार ५ सय, अक्कल शाहीको साथबाट २ लाख, नवल बुढाको साथबाट १ लाख, तुलाराम अधिकारीको साथबाट २० हजार, मोहन जोशीको साथ बाट ५९ हजार ४ सय, दिपेश ऐर ३३ हजार ३ सय र कमल चौधरीको साथबाट २३ हजार २ सय ५० रुपैया बरामद गरेको छ ।

बिशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला चलान गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक हरिषशरण भट्टले जानकारी दिए ।