ब्रेकिङ : धनगढीमा एक युवकको विभत्स हत्या, हत्या गरेर रोडमा घिसार्दै शवलाई लगिरहेका युवक पक्राउ

ब्रेकिङ : धनगढीमा एक युवकको विभत्स हत्या, हत्या गरेर रोडमा घिसार्दै शवलाई लगिरहेका युवक पक्राउ

धनगढी : कैलालीको धनगढीमा एक जनाको विभत्स तरिकाले हत्या भएको छ । 

धनगढी उपमहानगरपालिका, ४ नजिकै शुक्रवार राती ९ बजेको समयमा सोही वडाका अन्दाजी २७ वर्षिय विजय थापाको हत्या भएको हो । 

थापाको हत्या गरि घिसार्दै लैजाने क्रममा हत्याको आरोपमा धनगढी उप–महानगरपालिका वडा नम्वर ४ कै आषिश सेटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

शवलाई र घाईते सेटीलाई सेती अञ्चल अस्पतालमा राखिएको छ । उनलाई गस्तीमा गएको टोलीले घटनास्थलबाटै पक्राउ गरेको थियो । 

घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक हरि वलीले बताए । 

घटनास्थलाई शुक्रवार राती सुरक्षा दिएको प्रहरीले अहिले मुचुल्का उठाउनले तयारी गरिरहेको छ ।