धनगढीमा जारी एलपीएलमा आयोजक र विस्डम एकेडेमी कंचनपुर विजयी

धनगढीमा जारी एलपीएलमा आयोजक र विस्डम एकेडेमी कंचनपुर विजयी

धनगढी : धनगढीमा जारी लिटल फ्लावर प्रीमियर लिगमा आयोजक लिटल फ्लावर स्कुल धनगढीले पहलो खेलमै जित निकालेर शानदार शुरुवात गरेको छ ।

आज भएको खेलमा लिटल फ्लावर स्कुलले आफ्नो पहिलो खेलमै शारदा माबिलाई २० रनले पराजित गरेको हो ।

लगातार दोस्रो खेलमा पराजित भएको शारदा मा.बि भने प्रतियोगिताबाट बाहिरिएको छ । लिटिल फ्लावरले जितको लागि दिएको १ सय ४६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको शारदा मा.बि ले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय २५ रन बनाउन सकेको थियो ।

यसअघि धनगढीको संघीय प्रहरी ईकाईको खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लिटिल फ्लावरले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४५ रनको मध्यम स्कोर बनाएको थियो ।

खेलमा ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्न सफल शेर मल्ल खेलको म्यान अफ द म्याच घोषणा हुनुभयो । आजै सम्पन्न दोस्रो खेलमा विस्डम एकेडेमी कंचनपुरले पहिलो जित निकालेको छ ।

धनगढी स्थित संघीय प्रहरी ईकाईको खेल मैदानमा सम्पन्न खेलमा विस्डम एकेडेमीले ह्वाईट हवास काठमान्डौलाई ४ विकेटले पराजित गरेको हो ।

जित सङ्गै विस्डम एकेडेमीले अघिल्लो चरण प्रवेशको सम्भावनालाई भने कायम राखेको छ यद्यपि उसले लिग चरणमा कैलाली मोडल स्कुलको नतिजा पर्खनु पर्ने छ ।

ह्वाईट हवास काठमान्डौले जितको लागि दिएको ८८ रनको समान्य लक्ष्य विस्डमले मात्र १४.५ ओभरमा मात्र ६ विकेट गुमाउँदै भेट्ट्याएको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिङ ह्वाईट हाउस काठमान्डौ १४.६ ओभरमा मात्र ८७ रनमा समेटिएको थियो ।

खेलमा ब्याटिङ र बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका चन्द्र सिह कार्कि खेलको म्यान अफ द म्याच घोषणा हुनुभयो ।