न्याय माग्दै धर्ना बसेका निर्मलाका बुबाआमालाई प्रदेशका गृहमन्त्रीले भेटे

न्याय माग्दै धर्ना बसेका निर्मलाका बुबाआमालाई प्रदेशका गृहमन्त्रीले भेटे

धनगढी – बलात्कारपछि हत्या गरिएकी छोरी निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै ६ दिनदेखि महेन्द्रनगरमा धर्नामा बसेका उनका आमाबुबालाई सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर थापाले भेटेका छन्।

थापाले कञ्चनपुर पुगेर मन्त्री शाहले निर्मलाका बुबा यज्ञराज, आमा दुर्गा, कान्छी आमा लक्ष्मी लगायत धर्नामा बसेका अन्य व्यक्तिसँग शुक्रबार भेट गरेका हुन्।

सो क्रममा थापाले निर्मलाका हत्यारालाई कानुनी दायरामा ल्याउँदै निर्मलाका परिवारलाई न्याय दिएरै छाड्ने आश्वासन दिनुभयाे।

विगत ६ दिनदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बसिरहेका उनीहरुको अवस्था दिनप्रतिदिन बिग्रदै गएको छ।