डीपीएलको तेस्रो संस्करण माघ १९ गतेदेखि, पहिलाे पटक फाप्लामा खेल हुने

डीपीएलको तेस्रो संस्करण माघ १९ गतेदेखि,  पहिलाे पटक फाप्लामा खेल हुने

धनगढी : रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आगामी माघ १९ गतेदेखि फागुन ४ गतेसम्म धनगढीमा हुने भएको छ।

DPL3


आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले  शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच प्रतियोगिता घोषणा तथा मुख्य प्रायोजन सम्झौता कार्यक्रम गरेको हो। अनुमानित लागत ५ करोड रुपैयाँ रहेको प्रतियोगितामा देशभरका ६ वटा फ्रेन्चाइजी टोलीको सहभागिता रहनेछ।

DPL3

डीसिएका अध्यक्ष सुवाश शाहीका अनुसार डीपीएलको दोस्रो संस्करणमा सहभागी टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स टोलीलार्इ प्राथमिकता दिइनेछ। तर, टोलीको घोषणा भने छिट्टै गरिने उहाँले बतानुभयाे।

DPL3

डीपीएलका प्रत्येक टिममा १५—१५ खेलाडी हुनेछन्। त्यसमा दुई बिदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका एक खेलाडी प्रत्येक टिममा अनिवार्य समावेश गर्नुपर्ने प्रावधानलाई निरन्तरता दिइएको छ।

DPL3

प्रतियोगितामा  कुल १९ खेल हुनेछन्। प्रतियोगिता टी–२० को आधारमा हुनेछ। लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने छन्। शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ। 

रुस्लानसँग सम्झौता

यसैबीच गत संस्करणको मुख्य प्रायोजक विजय डिस्टिलरीको रुस्लान क्रिकेटले डीपीएललार्इ मुख्य प्रायोजनको निरन्तरता दिएको छ। आगामी तीनवर्षका लागि रुस्लानले डीसिएसँग मुख्य प्रायोजन सम्झौता गरेको हो। सम्झौता अनुसार प्रत्येक वर्ष सम्झौता रकम बढ्दै जानेछ।

शुक्रबार नै विजय डिस्टिलरी र डीसिएकाबीच मुख्य सम्झौता पत्रमा हस्ताक्षर भयो। विजय डिस्टिलरीका मुख्य फाइनान्स अधिकृत सतीस कर्ण र डीसिएका अध्यक्ष शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार मुख्य प्रायोजक वापत विजय डिस्टलरीले यस संस्करणका लागि नगद र जिन्सी गरि १ करोड १० लाख रुपैयाँ आयोजकलार्इ  दिने भएको छ।

देशकै सर्वाधिक ठुलो धनराशीको क्रिकेट प्रतियोगिताको रुपमा २०७३ र २०७४ सालमा डीपीएलको पहिलो र दोस्रो संस्करण सम्पन्न गरिएको थियो। डीपीएल देशमै पहिलोपल्ट अक्सन गराउने प्रतियोगिता पनि हो।

डीपीएलको पहिलो र दोस्रो संस्करणको विजेता टिम चौराह धनगढी हो। पहिलो संस्करणमा उसले विराटनगर किंग्स र दोस्रो संस्करणमा काठमाडौं गोल्डन्सलार्इ पराजित गर्दै उपाधि उचालेको थियो।

पहिलो संस्करणको डीपीएलको बजेट १ करोड ८२ लाख थियो र कुल पुरस्कार २८ लाख ५० रुपैयाँ थियो। यस्तै दोस्रो संस्करण तीन करोडको लागतमा प्रतियोगिता सम्पन्न भएको थियो, जसमा विजेतालाई २५ लाखसहित कुल ५० लाख पुस्कार प्रदान गरिएको थियो।

इतिहास

सन् २०१५ सम्म आयोजना गरिएको एसपीए कप र धनगढी क्रिकेट लिग ९डीसीएल० ’को मर्जर रुप डीपीएल हो। एसपीए कपको सुरुवात सन् २०१० ९४ लाख बजेट, प्रथम पुरस्कार २५ हजार० मा गरिएको थियो।

यस्तै अर्को वर्ष सन २०११ ९१३ लाख बजेट, प्रथम पुरस्कार १ लाख० मा एसपीए कपको दोस्रो संस्करण,  सन २०१३ ९२५ लाख बजेट, प्रथम पुरस्कार २ लाख० मा एसपीए कपको तेस्रो संस्करण र सन २०१५ मा चौथो संस्करण गरिएको थियो। चौथो संस्करणको प्रतियोगिताको बजेट ६० लाख थियो भने विजेता टोलीले ५ लाख तथा उपविजेता टोलीले ३ लाख रुपैयाँ पाएका थिए।

त्यस्तै क्षेत्रीय स्तरमा पहिलो पटक विभिन्न ५ वटा स्थानहरुको नामबाट टिम बनाएर अक्सनद्धारा डीसीएल९धनगढी क्रिकेट लिग० २०१५ मा सञ्चालन गरिएको थियो। त्यसलाई बृहत् रुप दिदै दुईवर्ष अघिबाट डीपीएल सुरु गरिएको हो। 

सम्मान

दोस्रो संस्करणमा झै यस संस्करणमा पनि प्रतियोगिताको उद्घाटन समारोहमा डीसिएले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामामा सहभागी १ पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान १ व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १—१ लाख रुपैयाँ प्रदान गर्ने भएको छ।

गतवर्ष धनगढी क्रिकेट सम्मानबाट नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक राजु खड्का तथा अर्जुन अड्का स्मृती सम्मानबाट राखेपका पूर्व प्रशिक्षक अरुणकुमार अर्याल सम्मानित भएका थिए।

फाप्लामा डीपीएल

यस संस्करण देखि डीपीएल क्रिकेटको शहर धनगढीमा प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने आयोजकले जनाएको छ। यसअघि प्रतियोगिता हुदैँ आएको संघीय इकाई प्रहरी कार्यालयको मैदानलाई वैकल्पिक मैदानका रुपमा तयार गरिने भएको छ।

प्रतियोगितामा दर्शकहरुका लागि टिकटदर लिग चरणमा ५०, प्ले—अफमा ७० र फाइनलमा १०० तोकिएको छ। टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय निर्माण अभियान (ड्रिम फाप्ला) लाई छुट्याइने तथा ४० प्रतिशत रकम सहभागी टिमलाई बाँडिने आयोजकले जनाएको छ।