बहिरा बिद्यार्थीहरुलाई पठन पाठन गर्दै बिद्यालयमा नयाँ भवनको सिलान्यास

बहिरा बिद्यार्थीहरुलाई पठन पाठन गर्दै बिद्यालयमा नयाँ भवनको सिलान्यास

धनगढी : बहिरा बिद्यार्थीहरुलाई पठन पाठन गर्दै आएको धनगढी उपमहानगरपालिका वडा नम्बर ११ स्थित श्री दक्षिणकाली आधारभुत बिद्यालयमा ३ कोठे नयाँ भवनको सिलान्यास गरिएको छ । 

विल्ड अन नामक संस्था र उपमहानगरको सहयोगमा बन्न लागेको भवनको उद्घाटन उपमहानगरको मेयर नृप बहादुर वडले विहिवार गर्नुभएको छ । 

श्री दक्षिणकाली आधारभुत बिद्यालयमा बहिरा बिद्यार्थी र अन्य बिद्यार्थीहरुको पढाइ हुने गरेपनि बहिरा बिद्यार्थीका लागी छुट्टै कक्षाकोठा नहुँदा पठनपाठनमा समस्या हुँदै आएको थियो । 

गत बर्ष जिल्ला शिक्षा कार्यालयको सहयोगमा निर्माण भएको २ कोठे भवनले मात्रै बहिरा बिद्यार्थीका लागी पर्याप्त नहुँदा विल्ड संस्थाले भवन निर्माण गर्न सहयोग गरेको हो । 

करिब २१ लाख बराबरको सहयोग सो संस्थाले गरेपनि अन्य बिभिन्न सहयोग उपमहानगरले गर्ने मेयर नृप बहादुर वडले बताउनुभयो । 

भवनको उद्घाटन गर्दै मेयर वडले अन्य बिद्यार्थी जस्तै बहिरा बिद्यार्थीहरुको जिबनस्थर परिवर्तन गर्न उपमहानगरले योजना बनाइरहेको बताउनुभयो ।