एलपीएलमा सरस्वती माबि गेटा र लिटिल बुद्ध एकेडेमी कंचनपुर विजयी

एलपीएलमा सरस्वती माबि गेटा र लिटिल बुद्ध एकेडेमी कंचनपुर विजयी

धनगढी : धनगढीमा जारी तेस्रो निष्ट लिटिल फ्लावर टि–२० प्रिमियर अन्तर्गत तेस्रो दिनको पहिलो खेलमा सरस्वती मा.बि. गेटा कैलालीले भक्तपुर निस्ट स्कुललाई ६ विकेटले पराजित गरेको छ ।

आज भएको पहिलो खेलमा भक्तपुर निस्टले जितको लागि दिएको १ सय ७ रनको समान्य लक्ष्य १६.१ ओभरमा मात्र ४ विकेट गुमाउँदै जित दर्ता गरेको हो ।

सरस्वतीको जितमा कप्तान आयुब चन्दले अविजित ४१, अरुण महराले २४, हृदय बिठारिले १८ तथा आशिष् पनेरुले अविजित १० रनको योगदान दिनुभयो ।

बलिङ तर्फ निष्टका अमृत थापाले २ तथा सोहन यादव र अभिषेक पुर्वेले समान १÷१ विकेट लिए पनि टिमलाई जित दिलाउन सकेनन । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको भक्तपुर निस्ट स्कुलले १९.३ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ६ रन मात्र बनाउन सकेको थियो ।

निस्टको लागि ब्याटिङमा ओपनर सोहन यादवले सर्वा्धिक २७, आशिष् कर्णले १५ र अमृत थापाले १२ रनको योगदान दिनुभयो । निस्टलाई सस्तैमा समेटने क्रममा सरस्वती स्कुलका गोबिन्द चन्द र अशोक चन्दले समान ३÷३ तथा आयुब चन्दले २ विकेट लिनुभयो ।

प्रतियोगितामा लगातार दोस्रो खेलमा पराजय व्यहोरेको भक्तपुर निस्ट स्कुल भने प्रतियोगिता बाट बाहिरिएको छ । खेलको म्यान अफ द म्याच सरस्वतीमावि गेठाका मप्तान आयुब चन्द हुनुभयो ।

यस्तै, आजै भएको दोश्रो खेलमा लिटिल बुद्ध एकेडेमी कंचनपुरले एबिसी आवासीय नेपालगन्जलाई ९६ रनको फराकिलो अन्तरले पराजित गरिदिएको छ ।

लिटिल बुद्धका कप्तान तथा नेपाली अन्डर–१९ टोलिका सदस्य सन्दिप जोराले ब्याटिङ र बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेपछी एबिसी आवासियलाई फराकिलो अन्तरले पराजित गरेको हो ।

लिटिल बुद्ध एकेडेमी कंचनपुरले जितको लागि दिएको २०२ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको एबिसी आवासीय नेपालगन्ज मात्र १४.४ ओभरमा मात्र १०५ रनमै समेटिएको थियो ।

एबिसी स्कुललाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ लिटिल बुद्धका हेमन्त कार्किले सर्वा्धिक ४, रोचक ऐरले २, पारस क्षेत्री र कप्तान सन्दीप जोराले समान १–१ विकेट हात पार्नुभयो ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको लिटिल बुद्ध एकेडेमी कंचनपुरले सन्दिप जोरा र सुशील खड्काको अर्धशतकिय पारी खेल्दै निर्धा्रित २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रनको विशाल योगफल तयार पारेको थियो ।

लिटिल बुद्धको लागि ब्याटिङमा कप्तान सन्दिप जोराले सर्वा्धिक ८३, सुशील खड्काले ४४ बलमा ५४, कमल सिह ऐरिले अविजित १६ बलमा ३ छ्क्का र १ चौका सहित ३२, रोशन साउदले १० तथा हेमन्त कार्किले ३ रनको योगदान दिनुभएको थियो ।

बलिङतर्फ एबिसिको लागि अजय सहानी, विशाल केसि र शुभम बमले समान १–१ विकेट लिनुभयो ।

लिटिल बुद्धको लागि ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान सन्दिप जोरा खेलको म्यान अफ द म्याच घोषित हुनुभयो ।