साढे तीन अर्ब लगानीमा लिफ्टसहितको धरहरा निर्माण सुरु

साढे तीन अर्ब लगानीमा लिफ्टसहितको धरहरा निर्माण सुरु

काठमाण्डौ : भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ । धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भएको हो ।

दुई वर्ष्भित्र धरहरा तयार हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जिआइइटिसी रमन जेभीलाई दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी पुनर्निर्माणको जिम्मेवारी दिएको बताएका छन  ।

‘नयाँ धरहरा बनाउन खाल्डो खन्ने काम सुरु भएको छ । उहाँले ‘अब धरहरा निर्माणले गति लिने बताएका छन ।’ भत्किएको पुरानो धरहराको अवशेषलाई पारदर्शी सिसाले ढाकेर संरक्षण गरिने पनि उहाँको भनाई छ ।

निर्माण सामग्री र जग खन्दा निस्कने माटो सैनिक मञ्चमा राखिने भएको छ । यसका लागि नेपाली सेनासँग प्राधिकरणले सहमति लिएको मानन्धरले जनाएछन।

भीमसेन थापाले बनाएको धरहराबराबरकै उचाइ हुने अब बन्ने धरहरा भीमसेन थापाले बनाएको धरहराबराबरकै उचाइको हुनेछ ।

१९९० को भूकम्पअघि ११ तले धरहराको उचाइ ६९ दशमलव २ मिटर थियो । अबको धरहरा यो उचाइमा गजुरसहित जोडेर ७९ दशमलव २ मिटर हुने मानन्धरले बताएका छन ।

उहाँका अनुसार बाहिरबाट ११ तला देखिने धरहरा भित्र भने २२ तलाको बन्नेछ । निर्माणमा सिमेन्ट, छडलगायत आधुनिक निर्माण सामग्री प्रयोग हुनेछ ।

अबको धरहरामा भ¥याङसहित लिफ्टसमेत हुनेछ । ४२ रोपनी जग्गामा धरहरासहित पार्क र संग्रहालय धरहरासँगै पार्क, सिक्का संग्रहालय, वाटर फाउन्टेन र रेस्टुरेन्टसमेत बन्नेछन् ।

यसका लागि ४२ रोपनी जग्गाव्यवस्थापन गर्न टक्सार विभाग र गोश्वारा हुलाक कार्यालय स्थानान्तरणको प्रक्रिया सुरु भएको मानन्धरले बताउनुभयो । 

धरहरासहितका सबै संरचना निर्माण गर्न जिआइइटिसी रमन जेभीले ३ अर्ब ४८ करोडमा ठेक्का पाएको छ ।साभार : नया पत्रिका