भरियालाई हैन, अव मालिक पक्राउ गर्न सुरु गरिसक्यौ : गृहमन्त्री थापा

भरियालाई हैन, अव मालिक पक्राउ गर्न सुरु गरिसक्यौ : गृहमन्त्री थापा

दिनेश ठकुल्ला
धनगढी, ९ जेठ ।

गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले अपराध, भ्रष्टाचार र अनिमियताको अन्त्य नगरेसम्म देश विकाश सम्भव नरहेको बताएका छन । 

प्रदेश नम्बर ७ स्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुन धनगढी आएका गृह मन्त्री थापाले बुधवार विहान आयोजित पत्रकार सम्मेलनमा देशको विकाश र सम्वृदिका लागि सरकार लागि परेको बताए । 

‘सरकार सम्बृदि बनाउन लागि परेको छ । तर, देशमा व्याप्त भ्रष्टाचार, अनिमियता छ । अपराध नियन्त्रण गर्न सकिरहेका छैनौ ।’ थापाले भने, ‘अव सवै क्षेत्रका रहेको भ्रष्टाचार, अनियमितता, कुशासन, अपराध नियन्त्रण गर्दै देशलाई सम्बृदिको बाटोमा अघि बढाउछौ ।’

थापाले भने, ‘शिक्षा, स्वाथ्य, यातायात लगायत सवै क्षेत्रमा सिण्डिकेट (एकाधिकार) छ । त्यसको अन्त्यका लागि अभियान सुरु भईसकेको छ । ढुक्क हुनुस सवै क्षेत्रको सिण्डिकेट हटन धेरै समय लाग्दैन ।’

यसअघि अपराधिक घटनामा भरिया मात्रै पक्राउ पर्ने गरेको भन्दै गृह मन्त्री थापाले थपे, ‘अव हामी भरियालाई हैन, मालिकलाई पक्राउ गर्न सुरु गरिसक्यौ । जसको उदाहरण हो, सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ।’

गृह मन्त्री थापाले अहिलेको समय अपराधिको अन्तिम छटपटि रहेको समेत बताए । 

‘अहिले अपराधिको अन्तिम छटपटिको समय हो । उनीहरु अन्तिम प्रयास गर्दैछन ।’ उनले भने, ‘यसपछि सवै किसिमका अपराध अन्त्य गर्छौ’  

तत्कालिन एमाले र माओवादी केन्द्रविच भएको पार्टी एकता राजनीतिक स्थायीत्वका लागि भएको उनले बताए । 

सुरु भयो सुरक्षा गोष्ठी

प्रदेश नम्बर ७ मा सुरक्षा गोष्ठी सुरु भएको छ । गोष्ठीको गृह मन्त्री थापाले उद्घाटन गरे ।

प्रदेश ७ को सुरक्षा अवस्था र अपनाउनुपर्ने नया रणनीति तयार गर्न सुरक्षा गोष्ठीको आयोजना गरिएको गृह मन्त्रालयले जनाएको छ । 

सुरक्षा गोष्ठीमा गृह मन्त्री थापासगै गृह सचिव प्रेम कुमार राई, प्रदेशका गृह मन्त्री प्रकाश बहादुर शाह, प्रमुख सचिव लक्ष्मीराम पौडेल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाली सेना पृतनापति, प्रदेश कार्यालयका सचिव, नौ वठै जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता छ । 

गोष्ठीले गरेका निर्णय बुधवार साझ सार्वजनिक गरिने प्रदेशका मुख्य सचिव लक्ष्मीराम पौडेलले जानकारी दिए ।