मन्त्रीबाट बर्खास्त गरिएका सोडारी नेकपाको साधारण सदस्य समेत नरहने गरि निष्कासन

मन्त्रीबाट बर्खास्त गरिएका सोडारी नेकपाको साधारण सदस्य समेत नरहने गरि निष्कासन

धनगढी : पदिय मर्यादा विपरित काम गरेको आरोपमा मन्त्री पदबाट हटाईएका सुदूरपश्चिम प्रदेशका निवर्तमान सामाजिक विकाश मन्त्री दीर्घ बहादुर सोडारीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको छ ।

मन्त्रीबाट बर्खास्त गरेपछि मगलवार साँझ बसेको नेकपा सुदूरपश्चिम प्रदेश कमिटिको बैठकले सोडारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेकोे प्रदेश कमिटिका एक पदाधिकारीले जानकारी दिएका छन ।

नेकपाका एक प्रदेश पदाधिकारीले भने, ‘मन्त्रीसगै दीर्घ सोडारीलाई पार्टीबाटै निष्कासन गरिएको छ । उहाँ (दीर्घ) ले पार्टीबाट नभई आफनो खल्तीबाट मन्त्री बनेको जस्तो घमण्ड देखायो । सैलाई विर्सनुभयो । त्यसैले मन्त्री र पार्टीमा राखि रहन उचित दखिएन ।’

मन्त्रीबाट बर्खास्त र नेकपाको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरिएका सोडारी तत्कालिन नेकपा एमाले कैलालीका अध्यक्ष हुन । उनको सांसद पद भने यथावत रहेन  छ ।

उनी कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट विजयी भएका थिए । उनलाई मगलवार बर्खास्त गर्दै सामाजिक विकाश मन्त्रीमा कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को (ख) बाट विजयी कृष्णराज सुवेदीलाई नियुक्त गरिएको छ । 

उनले पद तथा गोपनियताको सपथ खानुका साथै पदभार समेत ग्रहण गरिसकेका छन ।