"म गुटबन्दीको सिकार भएँ"-सोडारी

"म गुटबन्दीको सिकार भएँ"-सोडारी

मन्त्री बाट र्फीता बोलाइन लागेका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले गुटबन्दीका कारण आफूलाई पदबाट हटाइएको आरोप लगाउनुभएको छ।

आजै चार बजे प्रदेश सरकारले उहाँको स्थानमा प्रदेश सभा सदस्य कृष्णराज सुवेदीलाई मन्त्री नियुक्त गर्ने तयारी गरेको छ।

 सोडारीले भन्नुभयो, ‘म पार्टीको जिल्ला (कैलाली) अध्यक्ष भएदेखि नै पार्टीको एक खेमालाई चित्त बुझेको थिएन्। मन्त्री बनेपछि उनीहरुले मेरो साना साना कुराहरुलाई इस्यु बनाउँदै लविङ गरे। म पार्टीको इमान्दार कार्यकर्ता हुँ। विगतमा पार्टीले मन्त्री बनाएको थियो। अहिले पनि माननीय नै छु। प्रदेशको विकासमा सहयोग निरन्तर जारी रहनेछ।’

मन्त्री सोडारीमाथि पदीय मर्यादा दुरुपयोग गरेको आरोप पटकपटक नेकपा भित्रकै नेताले लगाउँदै आएका थिए। उहाँ पार्टीमा उनी माधव नेपाल खेमाका मानिनुहुन्छ।

आफ्नो स्थानमा आउने सुवेदीलाई आफूले पूर्ण रुपमा सहयोग गर्ने सोडारीले बताउनुभयो। आफ्नो नौं महिने कार्यकालको समीक्षा गर्दै सोडारीले आफूले प्रदेश सरकारले ल्याएका योजनाहरु कार्यान्वायनमा शतप्रतिशत दिएको दाबी गर्दै आगामी दिनमा आफूले ल्याएका कार्यक्रममलाई नयाँ मन्त्रीले पनि निरन्तरता दिने बताउनुभयो।