सोडारी बर्खास्तपछि कृष्णराज सुबेदी बन्दैछन् सामाजिक विकास मन्त्री

सोडारी बर्खास्तपछि कृष्णराज सुबेदी बन्दैछन् सामाजिक विकास मन्त्री

धनगढी – दीर्घबहादुर सोडारीलाई सामाजिक विकास मन्त्रीबाट बर्खास्त गरेको सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद् तथा मुख्यमन्त्री कार्यालयले उनको ठाउँमा नयाँ मन्त्रीलाई आजै सपथ खुवाउने तयारी गरेको छ ।

श्रोतका अनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी कृष्णराज सुबेदीलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको छ ।

अहिले मुख्यमन्त्री कार्यालयमा मन्त्रीपरिषद् बैठक चलिरहेको छ । यही बैठकले सोडारीलाई हटाउने र सुबेदीलाई नियुक्त गर्ने निर्णय गर्ने एक मन्त्रीले बताए ।