धनगढीको भक्त बि बि क्वारेन्टाइन गृहमा रहेका ४ जनामा आरडिटी पोजेटिभ

धनगढीको भक्त बि बि क्वारेन्टाइन गृहमा रहेका ४ जनामा आरडिटी पोजेटिभ

धनगढी : धनगढीको त्रिभुवन माविमा रहेको भक्त बि बि क्वारेन्टाइन गृहमा रहेका ४ जनामा आरडिटी पोजेटिभ देखाएको छ । क्वारेन्टाइन गृहमा बस्दै आएका २७ जना नागरिकको आरडिटी परिक्षण गर्दा ४ जनामा पोजेटिभ देखाएको हो ।

आरडिटी पोजेटिभ देखाएका व्यक्तिहरुको पिसिआर परिक्षणका लागि सोमबार मात्रै स्वाब संकलन गरिने भक्त बिबि हेल्पिङ्ग ह्यान्डस् फर ह्युमानिटीका सुदूरपश्चिम सल्लाहकार राज बहादुर चन्दले जानकारी दिए ।

अन्य २३ जनाको परिक्षण रिपोर्ट नेगेटिभ भने नेगेटिभ आएको उनले बताए । उनीहरुलाई आजै होम क्वारेन्टाईनमा बस्ने गरी आफन्तको जिम्मा लगाईएको छ । अब उक्त क्वारेन्टाईनमा दुईजना महिला सहित ३८ जना बसिरहेका छन ।