धनगढी : कैलालीको जानकी गाउँपालिकाका पाँच जना पुरुष कोरोना जितेर टीकापुर अस्पतालबाट शुक्रवार डिस्चार्ज भएका छन । कोरोना संक्रमण पुष्टि भएपछि टीकापुर अस्पतालको आइसोलेसनमा रहेका उनीहरु शुक्रबार डिस्चार्ज भएका हुन्।
कोरोना जित्नेमा जानकी गाउँपालिका ३ भगतपुरका ३८, वडा नम्बर ७ कञ्चनपुरका १९ र २१ वर्षीय पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर ४ का २५ र ३० वर्षीय पुरुष रहेका छन् ।
कैलालीको टीकापुरस्थित अस्पतालमा उपचारार्थ आइसोलेसनमा रहेका उनीहरुलाई टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक रावलसहित स्वास्थ्यकर्मीको टोलीले पुष्पगुच्छा दिएर बिदा गरे ।