कोरोना नजितेका ६ जना संक्रमित सेती अस्पतालबाट डिस्चार्ज

कोरोना नजितेका ६ जना संक्रमित सेती अस्पतालबाट डिस्चार्ज

धनगढी : कोरोना नजितेका ६ जना संक्रमितलाई सेती प्रादेशिक अस्पताल बाट डिस्चार्ज गरिएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिप कुमार श्रेष्ठका अनुसार स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार अस्पतालमा १४ दिन अघि भर्ना भएका ६ जनालाई डिस्चार्ज गरीएको हो ।

उनले लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरूलाई डिस्चार्ज गरेको बताए ।

डिस्चार्ज हुनेमा बैतडीको शिवनाथ गाउँपालिका १ का २० वर्षीय र २७ वर्षीय पुरुष, वडा नम्बर २ का २० र २२ २२ वर्षीय पुरुष, अछामको मेल्लेख गाउँपालिका ३२ वर्षीय पुरुष र उनको र ११ वर्षीया छोरी रहेका छन ।