सुदूरपश्चिम प्रदेशमा पाँच दिनका लागी स्वाब संकलन बन्द

सुदूरपश्चिम प्रदेशमा पाँच दिनका लागी स्वाब संकलन बन्द

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि आवश्यक पर्ने स्वाब संकलनको काम पाँच दिनका लागि बन्द गरिएको छ ।

स्वाब स्टोरेज गर्न आवश्यक पर्ने डिफ्रिज नहुँदा पाँच दिनका लागि स्वाब संकलनको काम नगर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरूलाई निर्देशन दिएको हो। सुदूरपश्चिममा रहेको एकमात्र प्रयोगशालामा आजसम्म एक हजार १०० स्वाब संकलन गरिएका छन्।

दैनिक २५० जनाको पीसीआर परीक्षण भइरहेको छ। प्रयोगशालामा तत्काल थप स्वाब राख्न नसकिने भन्दै पाँच दिनका संकलनको काम रोक्न भनिएको निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए ।