भारतमा एकै दिन थपिए ९ हजार ८५१ संक्रमित

भारतमा एकै दिन थपिए ९ हजार ८५१ संक्रमित

भारतमा एकै दिन नौ हजार आठ सय ५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्मकै सर्वाधिक संख्यामा संक्रमित थपिएका हुन्। 

लकडाउन खुकुलो बनाउन केन्द्र सरकारले ‘अनलक-१’ योजना अगाडि सारेको चार दिन नबित्दै कोरोना भाइरसका संक्रमित अत्यधिक संख्यामा थपिएका हुन्।

हिजो एकै दिन दुई सय ६० जनाले कोभिड-१९ का कारण ज्यान गुमाएका छन्। त्यससँगै मृतक संख्या ६ हजार तीन सय ४८ जना पुगेको छ। 

देशभर संक्रमित संख्या दुई लाख २६ हजार सात सय ७० पुगेको छ।