धनगढी : सुदूरपश्चिम प्रदेशमा विहीबार थप पाँच जनामा कोरोना पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या ८६ पुगेको छ। धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परिक्षणामा आज थप पाँच जनामा कोरोना पुष्टि भएको हो।
आज पुष्टि भएकामा धनगढी फुलवारीकी २५ बर्षीय युवती र २६ बर्षीय पुरुष, कैलालीको घोडाघोडी नगरपालिकाका ३२ बर्षीय पुरुष, अछाम साँफेवगरका २९ बर्षीय पुरुष र बझाङ विथ्थडचिरका २६ बर्षीय पुरुष रहेका छन्।
सुदूरपश्चिमका ८६ जना संक्रमित मध्ये ८३ जना प्रदेशभित्रै रहेका छन् भने एकजना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ।