जनतालाई प्रदेश सरकारसग जोडन प्रदेश ७ मा ‘हेलो सिएम’ कार्यक्रमको शुभारम्भ

जनतालाई प्रदेश सरकारसग जोडन प्रदेश ७ मा ‘हेलो सिएम’ कार्यक्रमको शुभारम्भ

दिनेश ठकुल्ला
धनगढी, ७ जेठ ।

प्रदेश ७ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा ‘हेलो सिएम’ कार्यक्रमको शुभारम्भ गरिएको छ । 

प्रदेश सरकार गठन भएको तिन महिनाको अवसरमा सोमवार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले ‘हेलो सिएम’ कार्यक्रमको शुभारम्भ गरे । 

जनतालाई प्रदेश सरकारसग जोडनका लागि ‘हेलो सिएम’ कार्यक्रमको शुभारम्भ गरिएको हो ।

अव जनताले गुनासो र समस्या सिधै ‘हेलो सिएम’ कार्यक्रम मार्फत प्रदेश सरकार समक्ष राख्न पाउने छन । जसका लागि पैसा नलाग्ने टोल फ्रि नम्बर १६६०–९१५२७२३ मा फोन गर्न सकिने छ ।  

उक्त नम्बरका प्रत्येक दिन विहान ७ देखि साझ ७ बजेसम्म गुनासो र समस्या टिपाउन सकिने छ । 

‘हेलो सिएम’ कार्यक्रमको शुभारम्भ गरेलगत्तै हाल धनगढी बस्दै आएका डोटीको शिखर नगरपालिकाका, २ का करणजग शाहीको गुनासो मुख्यमन्त्री भट्टले गुनासो सुने । शाहीले धनगढीमा ट्राफिक जाम बढदै गएको भन्दै गुनासो गरेका थिए ।

त्यसपछि ट्राफिक व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक दीपक पातलीलाई फोन गरि आग्रह गरिएको थियो ।

जनतालाई प्रदेश सरकारसग जोडनका लागि शुभारम्भ गरिएको ‘हेलो सिएम’ कार्यक्रम मार्फत अव जनताले गुनासो र समस्या सिधै प्रदेश सरकार समक्ष राख्न पाउने भएका छन । जसका लागि पैसा नलाग्ने टोल फ्रि नम्बर १६६०–९१५२२३ मा फोन गरेर  प्रत्येक दिन विहान ७ देखि साझ ७ बजेसम्म गुनासो र समस्या टिपाउन सकिने छ । 

तत्काल समाधान गर्नुपर्ने विषयलाई ४ घण्टाभित्र र सामान्य विषयमा आएका तिन चार दिनभित्र समाधान गरिने प्रदेश ७ मा मुख्य सचिव लक्ष्मीराम पौडेलले बताए ।

जनतालाई प्रदेश सरकारसग जोडेर प्रदेशका ९ वटै जिल्लाका दुर दराजका जनताले सरकारी निकायबाट पाउनुपर्ने सेवा सुविधा छिटो, छरितो र सहज तरीकाले पाउन भन्नका लागि ‘हेलो सिएम’ कार्यक्रम सुरु गरिएको बताईएको छ । 

‘हेलो सिएम’ कार्यक्रम मार्फत आएका जनताका गुनासा स्थानीय तह, सरकारी कार्यालय, प्रदेश कार्यालय र केन्द्र सरकारसग भएपनि समाधानका लागि पहल गर्ने मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिवद्धता जनाए । 

सरकार गठनको तिम महिनापछि ‘हेलो सिएम’ कार्यक्रम सुरु गरेको प्रदेश सरकारले जनतासग मुख्यमन्त्री कार्यक्रम सञ्चालनका लागि तयारी थालेको मुख्यमन्त्री भट्ट जानकारी दिए । 

‘हेलो सिएम’ कार्यक्रममा दुर्घटना, विपद् सम्बन्धि घटना र उद्धार, भ्रष्टाचार, महिला हिसा तथा लैङगिक हिसा सम्बन्धि क्रियाकलाप, कुनै हक अधिकारको पैयोगमा बाधा, अवरोध वा विभेदका विषयमा गुनासो राख्न सकिने छ । 

त्यस्तै, प्रदेशका सार्वजनिक निकायले वितरण गर्ने सेवा सुविधामा विभेद, सार्वजनिक निकायको गैर कानुनी क्रियाकलाप वा त्यस्तो कार्यबाट पुगेको हानी नोक्सानीको बारेमा समेत गुनासो गर्न सकिने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।