नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीद्वारा खेलाडीहरुलाई राहत वितरण

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीद्वारा खेलाडीहरुलाई राहत वितरण

धनगढी : नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीले खेलाडीहरुलाई राहत वितरण गरेको छ । लकडाउनका कारण समस्यामा परेका धनगढीका खेलाडीहरुलाई राहत वितरण गरिएको हो ।

लकडाउनको करिब साढे २ महिना बित्दासम्म खेलाडीहरु सम्पन्न परिवारका मान्छे भन्दै उनिहरुलाई कुनै निकायबाट राहत नआउँदा बिभिन्न निजि क्षेत्रको सहयोगमा ४३ जना खेलाडीहरुलाई राहत वितरण गरिएको नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश चन्दले बताए ।

दैनिक उपभोग्य सामग्री चमल, दाल, नुन, तेल खेलाडीहरुलाई उपलब्ध गराइएको उनले बताए । अध्यक्ष चन्दले चाँडै जिल्लाका अन्य ठाउँमा र प्रदेशभरीनै राहत वितरण कार्यक्रम गरिने बताए ।

जन्मदिनको अवशरमा प्रदिति चन्दले १५ हजार, कृष्ण बोहराले १३ हजार ५ सय बाबुराजा श्रेस्ठले ९ हजार,योगेन्द्र चन्द ५ हजार, दिपक बहादूर सिहं ४ हजार ५ सय, एकेन्द्र कुँवर ४ हजार, दुर्गा सर्मा २ हजार ५ सय, त्रिलोक्यनाथ पाण्डेय २ हजार ५ सय, रमेश खड्का १ हजार १ सय ५० अरुण सिहं ११ सय, सुदेश सागर जोशी ३ हजार, दिनेश चटौतबाट दुई हजार सहयोग उपलब्ध भएको थियो । सो सहयोग तथा संघको श्रोतबाट सहयोग गरेको अध्यक्ष चन्दले बताए ।