सुत्केरी महिलामा आरडीटी पोजेटिभ देखिएपछि बैतडीका १९ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा

सुत्केरी महिलामा आरडीटी पोजेटिभ देखिएपछि बैतडीका १९ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा

बैतडी : जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर सहित १९ जना स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टिनमा बसेपछि सेवा प्रवाहमा समस्या भएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिकाकी एक सुत्केरी महिलाको शल्यक्रिया पश्चात उनमा शंकास्पद लक्षण देखापरेर आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि अस्पतालका प्रमुख डा। सहित १९ जना सेल्फ क्वारेन्टिनमा बसेकाले सेवा प्रवाहमा समस्या भएको हो । 

क्वारेन्टिनमा बस्नेहरुमा अस्पताल प्रमुख डाक्टर सहित ३ जना डक्टर, १० जना नर्स, ३ जना ल्याव असिस्टेन्ट र ३ जना कार्यालय सहयोगी रहेका छन् । 

जना २ जना डाक्टर, ३ जना पारामेडीक्स र ३ जना नर्सको भरमा अहिले अस्पताल चलेको छ । गत मंगलबार राती शल्यक्रिया मार्फत जिल्ला अस्पतालमै बच्चा जन्माएकी दोगडाकेदार ६ सित्तड घर भएकी एक जना महिलामा बुधवार १०५।१ डिग्री फरेनहाइट ज्वरो देखा परेपछि आरडिटी गरिएको थियो । 

आरडटी गर्दा उनमा रिपोर्ट पोजेटिभ देखापरेपछि सुरक्षा अपनाउँदै उनको सम्पर्कमा आएका १९ जना स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ।

आरडीटी पोजेटिभ देखिएकी सुत्केरी महिलाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि धनगढी पठाइएको अस्पताल श्रोतले जनाएको छ । उनको रिपोर्ट नआउँदासम्म उनीहरु क्वारेन्टिनमै रहनेछन् ।