बीरगञ्जको अस्थायी नारायणी गण्डक कोरोना बिशेष अस्पतालबाट ५ जना संक्रमित निको भएर आज डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुने संक्रमितमा नेपाली सेनाको बाराको गुल्ममा कार्यरत २ जना सेनापति छन् । यसैगरी डिस्चार्ज हुने थप ३ जना पर्साकै रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मदन उपाध्यायले जानकारी दिनुभयो ।
गण्डक अस्पतालमा अझै २८ जना संक्रमित उपचाररत छन् । बीरगञ्जबाट मात्रै यस अघि एक सय २ जना डिस्चार्ज भईसकेका छन् ।