क्वारेन्टाइनमा एकै जनाले २० जनाको खाना खाएपछि...

क्वारेन्टाइनमा एकै जनाले २० जनाको खाना खाएपछि...

कोरोना संक्रमणको उच्च जोखिममा रहेको भारतमा अन्य राज्य र प्रदेशबाट आएकाहरुलाई गृहराज्यको क्वारेटाइन सेन्टरमा राख्ने गरीएको छ ।

जहाँ क्वारेन्टाइनमा रहेका हरेक ब्यक्तिको खानपानको जिम्मेवारी सरकारका तर्फबाट हुने गरेको छ । यसरी सञ्चालनमा ल्याएका भारतका कैयौं क्वारेन्टाइन कमजोर व्यवस्थापन र खराब नीतिको सिकार भएर चर्चामा छन् । तर बिहारको बक्सर जिल्लाको एक क्वारेन्टाइन भने चर्चामा आउनुको प्रसंग भने निकै रोचक छ ।

खासमा, बिहारको बक्सर जिल्लाको क्वारेन्टाइन चर्चामा आउनुको कारण हो, क्वारेन्टाइनमा रहेका एक युवक । क्वारेन्टाइनमा रहेका २१ वर्षीय अनुप ओझाले निक्कै ढी खाना खाएपछि यसको चर्चा चुलिएको हो ।

उनको खानाको क्षमता बारे सुन्दा पत्याउन निक्कै ग्राहो हुन्छ । शुरुवातमा उनी आएको दिन नै उनले ८५ वटा लिट्टि (समोसा झै गोलो आकारको परिकार) खाएका थिए । त्यसपछि उनको क्षमता बारे क्वारेन्टाइन ब्यवस्थापनले जानकारी पाएको थियो ।

दैनिक करिब ४० रोटि र २० प्लेट भात खानु उनको दैनिकी नै हो ।अनुप राजस्थानमा काम गर्छन । उनी लकडाउनले बिहार फर्केका हुन् । अनुपको खानाको डाइट क्वारेन्टाइनमा मात्र होइन, उनको घरमापनि सोहि अनुसार रहने गरेको छ ।

उनको गाउँमा उनले एकै पटक १ सय समोसा खाएको रेकर्ड छ । तर उनको शरीरमा खाना अनुसारको मोटोपना छैन । उनको वजन ७० किलोग्राम मात्र छ ।