सुगा उडाएको निहूँमा आठ वर्षीया बालिकाको हत्या

सुगा उडाएको निहूँमा आठ वर्षीया बालिकाको हत्या

पाकिस्तानमा घरमा पालेको सुगालाई उडाएको निहुँमा आठ बर्षे बालिकाको हत्या भएको छ । 

हत्या भएकी बालिका पाकिस्तानको रावलपिण्डीमा गैरकानुनी घरेलुका कामदारको रुपमा अरुको घरमा बस्दै आएकी थिइन् ।
आइतबार जोहराले चारो खुवाउनका लागि सुगाको पिन्जडा खोल्दा चराहरु उडेका थिए ।
पशु व्यापार गर्ने जोहाका घर मालिकले उनलाई चराहरु उडाएको आरोपमा मरने गरी पिटेका थिए । घाइते भएर अचेतन अवस्थामा पुगेकी जोहाको स्थानीय अस्पतालमा सोमबार मृत्यु भएको थियो ।

अस्पतालले प्रहरीमा उक्त घटनाबारे उजूरी गरे पछि प्रहरीले दुई सन्दिग्धलाई पक्राउ गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार अस्पतालमा घाइते अवस्थामा ल्याई पुर्‍याएकी ती बालिकाको अनुहार, हात, करङ मुनिको भाग र खुट्टामा चोट पुगेको थियो । उनको फिलामा पनि चोट भएको हुँदा उनीमाथि सम्भावित यौन दुराचार पनि भएको हुनसक्ने प्रहरीले आशंका गरेको थियो ।