धनगढीमा एक पुरुष क्वारेन्टाईनबाट भागेपछि...

धनगढीमा एक पुरुष क्वारेन्टाईनबाट भागेपछि...

धनगढी :  धनगढीको जुगेडामा पुरुष क्वारेन्टाईनबाट भागेपछि तीन घर सिल गरिएको छ । मानसिक अवस्था ठीक नभएका पुरुष तीन दिन अघि क्वारेन्टाईनबाट भागेर आफ्नो घर गएका थिए ।

भारतबाट त्रिनगर नाका पुगेका उनलाई टिप्परबाट जुगेडामा रहेको नवदुर्गा माविको क्वारेन्टाईनमा पुराई पनि उनी क्वारेन्टाईनमा नवसेर भागेर घर पुगेका थिए ।

उनी घरमा वसेकै वेला टोल छिमेकमा घुम्न थालेपछि उनलाई आफ्नै घरमा व्यवस्था गरी आसपासका तीन घर सिल गरिएको वडा नम्बर १२ का वडाध्यक्ष गणेशराज जोशीले जानकारी दिए ।