कैलालीमा विहान ११ बजे सम्म बजार खुल्ने

कैलालीमा विहान ११ बजे सम्म बजार खुल्ने

धनगढी  । अव देखी जिल्लाभरी दैनिक बिहान ११ बजे सम्म व्यवसायीक कारोवार गरिने भएको छ ।  कैलाली उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीच भएको छलफलमा व्यापार व्यवसाय सञ्चालन गर्ने सहमति भएको हो।

विहान ११ बजे सम्म व्यवसाय संचालनका लागी मौखिक सहमती भएको उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकाय र कैलाली उद्योग वाणिज्य संघको संयुक्त बैठकले बिहान ११ बजे सम्म व्यवसाय  सञ्चालन गर्ने सहमति गरेको कुवँरको भनाइ छ।