चौतर्फी विरोधपछि कर तिर्ने समय थप्ने सरकारको आश्वासन

चौतर्फी विरोधपछि कर तिर्ने समय थप्ने सरकारको आश्वासन

रकारले व्यवसायीलाई कर तिर्ने समय थप गर्ने आश्वासन दिएको छ । जेठ २५ गतेसम्म कर भुक्तानी गर्न सरकारले दिएको निर्देशनको व्यापक विरोध गरेका उद्योग व्यवसायीहरुसँगको छलफलमा सरकारले कर भुक्तानीको समय थप्ने आश्वासन दिएको हो ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँगको छलफलमा अर्थसचिव शिशिरकुमार ढुंगानाले कर भुक्तानी समय थप गर्न तयार रहेको बताएका हुन् ।

उक्त छलफलमा कर तिर्ने समय थप्न सरकार तयार भएको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालेले बताएका छन् । उनले ट्वीट गर्दै कर तिर्ने समय थप्ने आश्वासन सरकारले दिएको बताएका हुन् ।

अब सरकारको आधिकारिक निर्णयको प्रतीक्षामा रहेको पनि उनले उल्लेख गरेका छन् । चालु आर्थिक वर्षको कर तथा विवरण जेठ २५ गतेभित्र बुझाउन आन्तरिक राजस्व विभागले सोमबार निर्देशन जारी गरेपछि यसले आर्थिक र राजनीतिक क्षेत्रमा हलचल पैदा गरेको छ ।

सरकारको यस निर्णयको सर्वत्र विरोध भएको छ । निजी क्षेत्रका अलवला नेपाली काँग्रेससहितका प्रतिपक्षी दले पनि तिखो आलोचना गरेका छन् । आम जनताले पनि यसको चौतर्फी विरोध गरेका छन् ।

आन्तरिक राजस्व विभागले चालु वर्षको आयकरको दोस्रो किस्ता जेठ मसान्तभित्र तथा मूल्य अभिवृद्धि कर र अन्तःशुल्क यही २५ गतेभित्र बुझाउन भनिएको छ ।