कैलालीमा करेन्ट लागेर एकजनाको ज्यान गयो

कैलालीमा करेन्ट लागेर एकजनाको ज्यान गयो

कैलाली ; कैलालीको जोशीपुर गाउँपालिकामा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । उक्त गाउँपालिकाको वडा नम्वर ४ का ३६ वर्षीय शेषकुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा मिक्स्चर मेसिन जोडी लगिरहेको अवस्थामा उक्त मेसिन बिजुलीको मेन लाइनमा छुन गई करेन्ट लागेको बताईएको छ । करेन्ट लागेर चौधरी बेहोस भएपछि उपचारको लागि टीकापुर अस्पताल लगिएको थियो ।

तर उनको उपचार कै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।