सुदूरपश्चिममा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ७८ पुगे

सुदूरपश्चिममा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ७८ पुगे

धनगढी : सुदूरपश्चिमको धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ जना कैलालीका र २ जना डोटीका रहेका छन ।

कैलालीको गौरीगंगा नगरपालिकाका २५ र २० बर्षीय पुरुष र धनगढीका एकजना ५१ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पचालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

यसैगरी डोटीको पूर्वीचौकी गाउँपालिकाका २३ र २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको उनले बताए । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या ७८ पुगेको छ ।