अब फेसबूकमा रहेका पुराना पोस्टहरू एकैचोटि हटाउन मिल्ने !

अब फेसबूकमा रहेका पुराना पोस्टहरू एकैचोटि हटाउन मिल्ने !

फेसबूकले प्रयोगकर्ताका पुराना र लाजमर्दा पोस्टहरू एकैचोटि हटाउन मिल्ने फीचर ल्याएको छ ।पहिलोपटक फेसबूकले पुराना पोस्टहरूलाई सेलेक्ट र बल्कमै तिनलाई डिलिट गर्ने सुविधा दिएको छ । यसअघि प्रत्येक पोस्टलाई एक एक गरी डिलिट गर्नुपर्ने हुन्थ्यो ।

‘तपाईं कलेज सकेर जागिरमा जाँदै गर्दा वा पुरानो सम्बन्ध त्यागेर अघि बढ्दै गर्दा कतिपय पुराना कुराले तपाईंलाई लज्जित तुल्याएको हुन सक्छ । त्यसैले पुराना कुराहरूलाई सहजै हटाउने व्यवस्था हामीले मिलाएका छौं । यसले तपाईं वर्तमानमा को हो भन्ने कुरालाई सही तवरले देखाउँछ,’ फेसबूकले एक बयान जारी गरेर जनायो ।

म्यानेज याक्टिभिटी नामक फीचरबाट पुराना पोस्टहरू डिलिट गर्न मिल्छ । त्यहाँ पुग्न सेटिंग्स यान्ड प्राइभेसीमा गएर याक्टिभिटी लगमा थिच्नुपर्छ । 

पुराना प्रेमीप्रेमिकासँगका तस्वीर, लाजलाग्दा स्टेटस अप्डेट, फार्मभिल नोटिफिकेसन लगायतलाई डिलिट गर्न मानिसले पहिले धेरै मेहनत गर्नुपर्ने हुन्थ्यो । तर अहिलेको फीचरले त्यसलाई सहज बनाएको छ । 

बल्कमा पोस्टहरू डिलिट गर्न सहज बनाउनुका साथै फेसबूकको म्यानेज याक्टिभिटी फंक्सनले मानिसहरूलाई आफ्ना पोस्ट एक समयको रेन्जमा राख्न मिल्ने पनि बनाएको छ । त्यस रेन्जमा रहेका पोस्टहरूलाई पछि एकैचोटि डिलिट गर्न मिल्छ ।