लिटल फ्लावर प्रिमीयर लिग : तयारी पुरा, ट्रफी सार्वजनिक

लिटल फ्लावर प्रिमीयर लिग : तयारी पुरा, ट्रफी सार्वजनिक

धनगढी । क्रिकेटको शहर भनेर चिनिएको धनगढीमा मंगलबार बाट सुरु हुने निष्ट लिटल फ्लावर प्रीमियर लिगको तयारी पुरा भएको छ । 
आयोजक संस्कार क्रिकेट एकेडेमी धनगढीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि तयारी पुरा भएको जानकारी दिएको छ । 
 

शिद्धार्थ र निष्ट स्कुल भिड्ने
संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिताबारे जानकारी दिदै उद्घाटन खेलमा मंगलबार विहान ९ बजे प्रतियोगिताको डिफेन्डिङ्ग च्याम्पिएन धनगढीको शिद्धार्थ शिशु सदन र भक्तपुरको निष्ट स्कुल भिड्ने शाहीले जानकारी दिनुभयो । खेलको धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले उद्घाटन गर्नुहुने जनाइएको छ । 

मंगलबारकै दोश्रो खेलमा क्यास्पीएन एकेडेमी धनगढी र शारदा मावि वैयावेहडी खेल्ने छन् । 
२८ गते हुने दुई खेलमा पहिलो खेल बिहान ८ बजे विज्डम एकेडेमी कञ्चनपुर र कैलाली मोडेल इङलिस स्कुल धनगढीबिच प्रतिस्पर्धा हुने छ । दोश्रो खेलमा मोक्षदा काठमाण्डौ र एबीसी आवासीय स्कुल नेपालगञ्ज भिड्ने छन् । 

२९ गतेको पहिलो खेल निष्ट स्कुल र सरस्वती माविले खेल्ने छन् । दोश्रो खेलमा लिटल बुद्ध र एबीसी आवासीय स्कुल आमनेसामने हुने छन् । 

३० गतेको पहिलो खेल लिटल फ्लावर र शारदा मावि, दोश्रोमा विज्डम र ह्वाइट हाउस खेल्ने छन् । १ गते पहिलो खेलमा शिद्धार्थ र सरस्वति, दोश्रो खेलमा लिटल फ्लावर र क्यासपीएन एकेडेमी भिड्ने छन् । त्यस्तै २ गतेको पहिलो खेलमा लिटल बुद्ध र मोक्षदा आमनेसामने हुँदा दोश्रो खेलमा हिमालयन ह्वाइट हाउस र कैलाली मोडेल आमनेसामने हुने छन् ।
प्रतियोगितामा काठमाण्डौंका २, भक्तपुरको १, नेपालगंजको १, कञ्चनपुरका २ र धनगढीका ६ गरि देशभरका १२ टिम सहभागी छन् । 
 

ट्रफी सार्वजनिक
यस्तै, प्रतियोगिताको ट्रफी आयोजक संस्कार क्रिकेट एकेडेमी धनगढीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि ट्रफी सार्वजनिक गरेको छ । 

प्रतियोगिता हुने संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा आयोजक संस्कार क्रिकेट एकेडेमी, मुख्य प्रायोजक निष्ट कलेज र प्रतियोगितामा सहभागी १२  टिमका मार्की प्लेयरले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरिएको हो । 
 

पुरुस्कार 
प्रतियोगिताको विजेताले ट्रफी सहित नगद १ लाख ११ हजार १ सय ११ र उप–विजेताले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी प्राप्त गर्ने छ । प्रतियोगिताको म्यान अफ द सिरिजलाई नगद १० हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान र इमर्जिङ प्लेयरलाई नगद ५÷५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । 


टि– २० परम्याटमा हुने प्रतियोगितामा सहभागी टिममा १० जना खेलाडी स्कुलका हुनुपर्ने र प्रत्येक टिमले ५÷५ जना खेलाडी १९ बर्षमुनीका विद्यालय बाहिरका पनि राख्न पाउने आयोजकले जनाएको छ । 
प्रतियोगिता मसिर ४ गते सम्पन्न हुने छ ।