डाक्टर माथी हातपात गर्नेलाई कारबाहीको माग राख्दै धनगढीमा साङ्केतिक बिरोध

डाक्टर माथी हातपात गर्नेलाई कारबाहीको माग राख्दै धनगढीमा साङ्केतिक बिरोध

गत जेष्ठ १४ गते नेपाल मेडिकल कलेजमा कार्यरत डाक्टर माथी भएको हातपातको बिरोध गर्दै नेपाल चिकित्सक संघ सुदुरपश्चिम प्रदेशले सांकेतिक बिरोध जनाएका छन ।

कोरोना महामारीको बेला घरपरिवार छोडेर अग्रपंक्तिमा रहि बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथी भएको हातपातको निन्दा गर्दै, हातपात गर्नेलाई कारवाही र स्वास्थ्यकर्मीहरुलाई सुरक्षाको प्रत्याभूतिको ग्यारेन्टीको माग गर्दै सांकेतिक स्वरुप बिरोध जनाएको नेपाल चिकित्सक संघ केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश शाखा अध्यक्ष डाक्टर प्रमोद जोशीले बताए ।

उनले कोरोना महामारीको बेला अग्रपंक्तिमा खटिने चिकित्सकको मनोबल उच्च राख्नु पर्ने बेला केहि ब्यक्तिका कारण समग्र स्वास्थ्यकर्मी माथी परेको नकारात्मक असरको लागि सम्पुर्ण चिकित्सकहरुले ऎकेबद्धता जनाएको बताए ।