कैलालीको मोहना नदीमा भर्खरै जन्माएको शिशु मृत फेला

कैलालीको मोहना नदीमा भर्खरै जन्माएको शिशु मृत फेला

धनगढी : कैलालीमा एक नवजात शिशु मृत अवस्थामा फेला परेका छन् । जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्वर ३ को मोहना नदीमा भर्खरै जन्माएको शिशु मृत फेला परेको हो ।

मेहोना नदीमा मृत शिशु बगेर आएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत वहादुर थापाले जानकारी दिए ।

नदीमा शिशुको शव बगिरहेको अवस्थामा देखेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । मृत अवस्थामा भेटिएको शिशु फाल्ने व्यक्तिको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ ।