गड्डाचौकी नाकाबाट आज १५ सय भन्दा बढी नेपालीको उद्धार

गड्डाचौकी नाकाबाट आज १५ सय भन्दा बढी   नेपालीको उद्धार

कञ्चनपुरको गड्डाचौकी नाकाबाट आज १५ सय भन्दा बढी   नेपालीको उद्धार गरिएको छ ।   जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार भारतका विभिन्न क्षेत्रबाट फर्किएका १ हजार ५ सय ७६ जनाको  पश्चिमी सीमानाकाबाट उद्दार गरिएको जनाएको छ।

यस्तै नेपालबाट ३ सय ७९ जनालाई भारत पठाईएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए । उनका अनुसार आज बिहान नेपालीको उद्धार गरिसकेपछि आजलाई भने सीमानाकाबाट उद्दारको काम रोकेको  जनाएको छ।