कैलालीमा पक्राउ विप्लव समूहकी नेतृ उमा भुजेललाई गोरखा लगियो

कैलालीमा पक्राउ विप्लव समूहकी नेतृ उमा भुजेललाई गोरखा लगियो

कैलालीमा पक्राउ परेकी प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी पोलिटब्युरो सदस्य उमा भुजेललाई जिल्ला अदालत गोरखा लगिएको छ।

मंगलबार कैलालीमा पक्राउ परेकी भुजेललाई गोरखा ल्याइएको थियो। सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा रहेकाले जिल्ला अदालतमा पेश गरिएको गोरखाका प्रहरी प्रवक्ता डीएसपी वासुदेव खतिवडाले बताए।

डीएसपी खतिवडाले भने, ‘सोही मुद्दाका अरु अदालतबाट छुटिसकेका छन्, उहाँ फरार सुचीमा हुनुहुन्थ्यो, अहिले अदालत लगिएको छ।’ भुजेल माओवादी जनयुद्ध कालमा गोरखा जेल ब्रेक गरेपछि चर्चामा आएकी थिइन्।