कोरोना भाइरसबाट पाकिस्तानमा एक जना मन्त्रीको मृत्यु

कोरोना भाइरसबाट पाकिस्तानमा एक जना मन्त्रीको मृत्यु

कोरोना भाइरसबाट पाकिस्तानमा एक जना मन्त्रीको मृत्यु भएको छ । 

सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसार मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको  मृत्यु भएको हो । मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो । तर, उनको मंगलबार निधन भयो ।

मुर्तुजा बलोच पाकिस्तानको पिपुल्स पार्टी (पीपीपी) को कराँची अध्यक्षसमेत थिए । उनी सन् २०१६ मा विधानसभा सदस्य चुनिएका थिए ।

पीपीपीका अध्यक्ष बिलावल भुट्टो र सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहले मुर्तुजाको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।