लकडाउनका बेला करको ताकेता गर्नु सरकारको गैरजिम्मेवारीपन: कांग्रेस

लकडाउनका बेला करको ताकेता गर्नु सरकारको गैरजिम्मेवारीपन: कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लकडाउनका बेला सरकारले करको ताकेता गरी जनतामा पीडामाथि पीडा थप्ने काम गरेको बताएको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लकडाउनका बेला कर बुझाउने सूचना जारी गर्नू गैरजिम्मेवारीपनको पराकाष्ठ भएको बताए। बुधबार विज्ञप्ति निकालेर खाँणले कोरोना महामारीको विषम र असहज परिस्थितिमा सरकारले आमनागरिकमा पीडामाथि पीडा थप्ने कार्य अत्यन्त निन्दनीय भएको खाँणले उल्लेख गरेका छन्।

 ‘लकडाउनले व्यापार, व्यवसाय, यातायात क्षेत्रलगायत ठप्प छ। यस्तो विषम परिस्थितिमा पनि सरकारले लकडाउनको समयभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठ हो,’ खाँणले निकालेको विज्ञप्तिमा उल्लेख छ।

सरकारले श्रमिक वर्ग, किसान र बन्द भएका सानादेखि ठूला उद्योगधन्दालाई विशेष राहत प्याकेज दिनुपर्नेमा त्यसको विपरीत करका लागि ताकेता गर्नु सरकार जनताप्रति उदासिन रहेको ष्रष्ट भएको खाँणको भनाइ छ।