छुवाछुत सम्बन्धी अपराधका दोषीलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

छुवाछुत सम्बन्धी अपराधका दोषीलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय विभेद तथा छुवाछुत सम्बन्धी जघन्य अपराधका दोषीलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अमानवीय हिंसाका दोषीलाई कारबाही गर्न राज्य किञ्चित पछि नपर्ने बताएका छन् । उनले मानव हितविरुद्धका यस्ता गतिविधिलाई सरकारले नसहने उल्लेख गरेका छन् ।

‘अमानवीय हिंसाका घटनाहरूको छानबिन गरी दोषीलाई कारबाही गर्न राज्य किञ्चित पछि पर्ने छैन । मानव सभ्यताको कलंक र सभ्य, लोकतान्त्रिक तथा सम्मानजनक जीवन जिउन पाउने मानव अधिकारको पालनामा देखिएका बाधालाई सरकारले हटाउनेछ’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ । प्रधानमन्त्री सामाजिक बहिष्करण, छुवाछूत र यसका आधारमा हुने हिंसामा सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन् ।

‘जातीय छुवाछूतका पीडितको मानव अधिकार संरक्षण गर्न र हिंसा अन्त्य गर्न म सम्पूर्ण व्यक्ति, परिवार, समाज र सम्बन्धित सबै निकायलाई संवेदनशील हुन आग्रह गर्दछु’ प्रधानमन्त्रीले भनेका छन् ।