कैलालीमा आफ्नै छोरीलाई रुखमा बाँधेर बलत्कार गरेको आरोपमा बुवा पक्राउ

कैलालीमा आफ्नै छोरीलाई रुखमा बाँधेर बलत्कार गरेको आरोपमा बुवा पक्राउ

कैलाली : आफ्नै छोरीलाई रुखमा बाँधेर बलत्कार गर्ने बुवालाई प्रहरी पक्राउ गरेको छ । कैलालीको चुरे गाउँ पालिका–५ भासु बजारमा बस्दै आएका ४५ वर्षियले आफ्नै जेठी छोरीलाई जंगलमा लगी रुखमा बाँधेर बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीले गएराति १० बजे पक्राउ गरेको छ ।

जेठ १७ गते रुखमा बाधेर बलत्कार गरेको भन्दै पीडित युवतिले उजुरी दर्ता गरेकी थिईन । उजुरी दर्ता भएदेखी फरार रहेका उनका बुवालाई मंगलबार राति १० बजे सहजपुरको जंगलबाट पक्राउ गरेको ईलाका प्रहरी इन्चार्ज इन्सपेक्टर माधब विश्वकर्माले बताएका छन् ।

भासुको जंगलमा रुखमा हात र खुट्टा बाँधेर बलत्कार गरेको र कसैलाई खबर गरे मार्ने धम्कीसमेत दिएको पीडित महिलाको भनाइ रहेको समेत इन्सपेक्टर विश्वकर्माले बताए । पीडित युवतीलाई उपचारका लागी पठाइएको र पिडक बुवालाई कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय कैलाली पठाएको छ ।