जुम एपमा थपिए यस्ता नयाँ सेवा !

जुम एपमा थपिए यस्ता नयाँ सेवा !

कोरोना भाइरसको महामारीपछि भिडियो कुराकानी तथा बैठकका लागि ब्यापक प्रयोगमा आएको जुम एपले नयाँ सेवाहरू थप गरेको छ ।

जुममार्फत् भएका कुराकानीको गोपनीयतामा प्रश्न उठिरहेका बेला जुमले गोपनीयता सुनिश्चित गर्ने प्रविधि थपेको जनाएको छ ।

जुम एपको सवैभन्दा पछिल्लो भर्सन ५.० मा गोपनीयता, सूचनाको सुरक्षालगायतलाई सुनिश्चित गर्ने विषेशतासहितका सेवाहरू थप गरिएको जनाइएका छन् ।

यस्तै पासवर्ड, वेविनार तथा क्लाउड रेकर्डिङ, एडमिन, सेटिङ्ग, बैठकको समयावधिलगायतका विषयमा पनि केही सुधार गरिएको कम्पनीले जनाएको छ ।