रुसमा ४ लाख २३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

रुसमा ४ लाख २३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ४ लाख २३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ८ हजार ८६३ जनामा संक्रमण देखिएपछि रुसमा ४ लाख २३ हजार ७४१ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १८२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ५ हजार ३७ पुगेको छ ।

२ लाख ३१ हजार ७१९ जनाको उपचार भइरहेको छ भने १ लाख ८६ हजार ९८५ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।