ब्राजिलमा एकै दिन २७ हजार हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

ब्राजिलमा एकै दिन २७ हजार हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा ३१ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २३२ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३१ हजार २७८ पुगेको छ ।

एकै दिन २७ हजार २६३ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ५ लाख ५६ हजार ६६८ पुगेको छ ।

२ लाख ८४ हजार ७६३ जनाको उपचार भइरहेको छ भने २ लाख ४० हजार ६२७ जना संक्रमण मुक्त भएका छन् ।