बझाङकी एक महिलाले धनगढीमा तिम्ल्याहा शिशुलाई जन्म दिइन्

बझाङकी एक महिलाले धनगढीमा तिम्ल्याहा शिशुलाई जन्म दिइन्

धनगढी : बझाङकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छन । धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा बझाङको झोताकी २७ वर्षीया भगवती विष्टले तीन शिशुलाई जन्म दिएकी हुन ।

शल्यक्रिया मार्फत विष्टले तीन शिशु जन्माएको अस्पतालले जनाएको छ । पहिलो शिशुको तौल २२ सय  ग्राम, दोस्रोको २२ सय ५० ग्राम र तेस्रोको तौल दुई हजार ८० ग्राम रहेको छ ।

निसर्ग अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्वा अन्सारीको टिमले विष्टको शल्यक्रिया गरेका थिए ।