सुदुरपश्चिममा पहिलो पटक स्वास्थ्यकर्मीमा पनि देखियो कोरोना

सुदुरपश्चिममा पहिलो पटक स्वास्थ्यकर्मीमा पनि देखियो कोरोना

धनगढी : सुदुरपश्चिममा पहिलो पटक स्वास्थ्यकर्मीहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कञ्चनपुरको पुर्नवासमा आज ७ जनामा संक्रमण पुष्टि भएकोमा एक जना ३६ बर्षीय स्वास्थ्यकर्मी पनि रहेका छन ।

उनले भारतबाट आएका नेपालीहरुको स्वाब संकलनसँगै त्यहाँ रहेकाहरुको स्वास्थ्य अवस्थाको वारेमा चेकजाँच थिए । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि पुर्नवासमा रहेको मेडिकल समेत सिल गरिएको छ ।

उनलाई आईसोलेसनमा राखिएको छ । उनले पुर्नवास नगरपालिकामा कार्यरत रहेका हेल्थ एसिस्टेन्ट पदमा कार्यरत रहेका छन् ।