बैतडीका कोरोना संक्रमित युवकको दोस्रो रिर्पोट नेगेटिभ

बैतडीका कोरोना संक्रमित युवकको दोस्रो रिर्पोट नेगेटिभ

बैतडी : बैतडीका पहिलो कोरोना संक्रमित युवकको दोस्रो रिर्पोट नेगेटिभ आएको छ । गत जेठ ९ गते कोरोना पुष्टि भएका शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकको १० औं दिनमा स्वाब संकलन गरेर पठाएकोमा दोश्रो रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

ती युवकको जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ। संक्रमित युवकको स्वास्थ्य अवस्था सामान्य छ । प्रहरीको हिरासतमा रहेका ती युवकमा कोरोना संक्रमण पुष्टि भएपछि जेठ ९ गतेदेखि नै जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ ।

युवकको लगातार तेस्रो रिपोर्ट पनि नेगेटिभ आएमा मात्रै डिस्चार्ज गरिने भट्टले बताए ।